कांग्रेस सांसद छन्त्यालको ६६ वर्षको उमेरमा निधन

असार १७, काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ । उनको उपचारका क्रममा गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । उनी मुटुरोगबाट पीडित थिइन् ।

गत हप्ता आइतबार छन्त्यालको मुटुको तीनवटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको थियो । उनी नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद हुन् । विगतमा उनी बाग्लुङ क्षेत्र नम्बर २ बाट २०७० मा संविधान सभा सदस्यसमेत रहेकी थिइन् । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बाग्लुङ काँग्रेसले शोक विज्ञप्ती जारी गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.