क्यानको केन्द्रीय सदस्यमा लामा र गिरी नियुक्त

असार १६, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा र धर्मराज गिरीलाई नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामा र गिरिलाई क्यानको केन्द्रीय सदस्यमा मंगलबार नियुक्त गरेको हो ।

राखेपले दुई सदस्य नियुक्त गर्न पाउने प्रावधान रहेकाले परिषद्ले लामा र गिरिको नाम क्यान केन्द्रिय सदस्यमा नियुक्त गरेको हो । राखेपले असार १० गते दोय लामा र गिरिलाई नियुक्त गर्ने निर्णय गरे पनि मंगलबार आधिकारीक पत्र दिएको छ । लामा क्यानका पूर्व चिफ अपरेटिङ अफिसर (सिओओ) समेत हुन् । भावना घिमिरे प्रमुख कार्यकारी अधिकृत हुदा उनले क्यानको सीईओ भएर काम गरेका थिए । त्यस्तै गिलि मदन भण्डारी क्रिकेट फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.