भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध

असार १४, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो । अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् ।

अवरुद्ध सडक खुलाउन डोजर पठाइ पनि वर्षा नरोकिएका कारण ढुंगाहरु पन्छाउने काम हुन नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा रोकिएपछि ढुंगा हटाइने भएकाले सडक खुल्न हुन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.