जीप दुघर्टनामा ७ जनाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

साउन २, दाङ । रुकुमको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुघर्टनामा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ ।

सिस्ने गाउँपालिकाको रुकुमकोबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दिउँसो धारापानीमा दघर्टना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–२, का किरण पुन, सोही गाउँपालिका–१, का कुमार पुन, बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ कि तिर्सना तुलाचन, पुथा उत्तरगंगा १४ कि सालिनि बर्मा र बाँके कोहलपुर निवासी ललिता परियार, भुमे गाउँपालिका ४ का अर्जुन बिक रहेका छन् ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । दुर्घटनामा मुसिकोट नगरपालिका रुकुम पश्चिमका गाडी चालक जयबीर कामी, पुथा उत्तरगंगा गाउँपालिका ११ रुकुम पूर्वका प्रमिला बुढामगर, पुथा उत्तरगंगा गाउँपालिका २ का धनिराम पुन र सम्झना पुन घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये धनिराम बिक र अर्जुन बिकको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.