असार १३, विराटनगर । मोरङको रतुवामाई खोलामा पुरुषको शव फेला परेको छ ।
रतुवामाई नगरपालिका–५ सौठा गोबिन्दपुर सडक खण्डमा पर्ने कट्नु खोलामा शनिबार बेबारिसे अवस्थामा स्थनीयले शव तैरिंदै गरेको देखेका थिए । स्थानीयले इलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएपछि प्रहरीको टोली पुगेको थियो । अन्दाजी ३५ वर्षको तराई मुलको जस्तो देखिने पुरुषको शव रंगेली अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।

