सरकारी कामका कारण बैठकबीचबाटै बाहिरिए अध्यक्ष ओली

असार १३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर फर्किएका छन् । सरकारी काम परेकाले ओली बैठकमा उपस्थित भएर बाहिरिनु परेको  उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  नेकपाको बैठक बिहीबारदेखि सुरु भएको हो । स्थायी कमिटीमा आज सीमा समस्या समाधान र कोभिड–१९ नियन्त्रणमा सरकारले गरिरहेका कामबारे समीक्षा गरिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.