असार १३, काठमाडौँ । कोरोना पीडित संघर्ष समितिद्वारा सरकारलाई शान्तिपूर्ण धर्नासहित ध्यानाकर्षण गराएका छन् । शुक्रबार माईतीघर मण्डलामा विभिन्न २५ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा लकडाउनका कारण समस्यामा परेका नेपाली जनताहरुलाई उचित राहतको व्यवस्थापन गराउन सरकारसंग माग राखेका छन् ।

कोरोनाको कारण व्यावसाय, यातायात, मजदुर किसानका कामहरु ठप्प रहेकोले लकडाउन अवधीभरको घरभाडा मिनाहदेखि बैंक तथा वितिय संस्थाहरुको ब्याज, स्कुल कलेजको शुल्क मिनाह लगाएतका माग राख्दै सरकारलाई ध्यानाकर्षण गरेका हुन् । धर्ना कार्यक्रममा बोल्दै संघर्ष समितिका संयोजक तथा भाडावाला सरोकार समाजका अध्यक्ष विष्णुजंग बस्नेतले सरकारले आफ्नो मागको सम्बोधन नगरे सडकबाटै सशक्त आन्दोलनमा उत्रिने बताए । जसरी पञ्चयतकाल र राजतन्त्रको जस्तै निरंकुशतर्फ सरकार अगाडी बढिरहेको आरोप लगाउँदै राजा हटाएको जस्तो प्रधानमन्त्रीलाई हटाउन नपरोस भन्दै चेतवानी दिए । नेपाली नागरिकहरु एक छाक खानालाई सहज परिस्थित नभएको बेला सरकारले अर्वौ अनिमियतता र भ्रष्टाचार भएको भन्दै त्यसको सम्पूर्ण हिसावकिताव जनतालाई दिनुपर्ने अध्यक्ष बस्नेतले बताए ।

अध्यक्ष बस्नेतले कोरोना र लकडाउने नागरिकका व्यवसाय र रोजगार चौपट हुँदै गएको अवस्थामा पनि सरकार कर तिर्न ताकेता गर्ने, बैंक ब्याज लगाएत भाडा मिनाह लगाएतका कुरामा ठोस निर्णय लिन नसक्नुले नागरि माथी सरकारलेनै अन्याय गरेको बताए । उनले लकडाउन अवधीभरको घरभाडा मिनाहा ,बैंक तथा वितिय संस्थाहरुको ब्याज, स्कुल कलेजको फी मिनाह,बैज्ञानिक भाडादर लागु गर्नुपर्ने, भाडावाला आयोग गठन गर्न समेत सरकारसँग माग गरे ।

हाम्रो नेपाल हामी नेपाली अभियानकी कोषाध्यक्ष गीता बरालले जनताको समस्या नबुझ्ने सरकारले तत्काल राजीनामा दिनुपर्ने बताईन् । सरकारका मन्त्रीहरुलाई सडकबाट सिंहदरबार पु¥यायौँ त्यसरी नै अब सिंहदरबारबाट सडकमा ल्याउँने आन्दोलनको सुरुवाती भएको बताईन् । अधिकंश नागरिकले लकडाउनका कारण हातमुख जोर्न सकिरहेका छैनन् । बजारमा चामल किन्न जादाँ बढि मूल्य तिर्नुपर्ने अवस्था समेत सिर्जना भईरहदा सरकार टुलुटुल हेरिरहेका छन् । वर्तमान सरकारले विषम परिस्थितिमा नागरिकलाई राज्यविहिन अवस्थामा पु¥याएको आरोप बरालले लगाईन् ।

त्यस्तै सरकारले राहत वितरण गर्दा चरम मनपरी गरेको स्वतन्त्र नागरिक समाजका अध्यक्ष धुव्र नारायण श्रेष्ठले आरोप लगाए । उनले कोराना महामारी र लकडाउनको प्रभावमा परेका मजदुर किसान तथा विपन्न वर्ग समुदायका नागरिकहरुलाई उचित राहत व्यवस्थापन गर्न सरकारसंग माग गरे । कार्यक्रममा निलहिरी समाजका केन्द्रिय अध्यक्ष पिङ्की गुरुङले लकडाउनका बेला तेस्रो लिङ्गीहरुले झेलिएका समस्यालाई उजागार गर्दै कोरोनालेभन्दा वर्तमान सरकारले निकै समस्यामा पारिएको बताए । तेस्रो लिङ्गी समुदायलाई राहतमा सरकारको ध्यान नपुगेको भन्दै गुणासो गरे । कार्यक्रममा नाई संघका अध्यक्ष बब्लु ठाकुर, उपत्यका ट्याक्सी व्यवसाय तथा चालक संघका अध्यक्ष सानुपूर्वछानी मगर लगायतले आफ्नो धारणा राखेका थिए ।

भिडियोमा हेर्नुस्

