त्रिविको परीक्षा अझै केही महिना नहुने

असार १३, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ।

वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै अध्ययन गर्न थालिएकाले परीक्षाका बारेमा अझै केही महिना अन्योल नै हुने अवस्था देखिएको हो। यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित हुने भएका छन्।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए । वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उनको भनाइ छ।

विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको जनाइएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.