कबिताः ‘निक्लिन्छ कोपिला’

तारा पौडेल
सुर्योदय नगरपालिका पशुपतिनगर, इलाम ।

निक्लिन्छ कोपिला फुल्ननै भनि चुँडिदिन्छ बिचै महाँ
कस्तो आदत त्यो हो बुझ्न नै सके निख्रीने बुद्धि जहाँ
सम्झन्छ मनमा बिबेकशिल हुँ भनि गर्दै घमण्ड गरि
संसारिक सुख ,शयल लिदै कोहिजन निमुखा दबाउदै घरि

पृथ्वी सब बगाउँछु भनि बर्षन्छ बर्खेझरि
ईश्य बोकि ल्यायौँ तिमीले आएन दया केही गरि
ज्ञानि जन भएर पनि त सुकर्म देखिएन
सागर समीप बगि गएर पनि त खोइ गाग्रो भरिएन

म भिर चढछु भनि हरपल प्रयाश गर्दा पनि
निष्फल नै हुन्छ गजराज , बाख्रा पो भिर चढछ नि
सानो सर्प भैकन सधै आंट गर्छ ठुलो महाँ
के अर्थ जान्ने भएर पनि बाँडदैन कोइ बिच महाँ

हुँदैन गधा नुहाई कहिल्यै रुप गौ को जस्तै बनि
चाहुरिन्छ मरिच दिनदिनै सधै आफ्नै रागले पनि
निक्लिन्छ कोपिला फुल्ननै भनि चुँडिदिन्छबिच महाँ
कस्तो आदत बुझ्ननै सके निख्रीने बुद्धि जहाँ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.