४३४ कोरोना संक्रमित थपिए, कूल संख्या ११ हजार १६२

असार ११, काठमाडौं । नोभेल कोरोना भाइरसका ४३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४३४ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए भने असार १० मा ६२९ कोरोना संक्रमित थपिएका थिए । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ११ हजार १६२ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६५० जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३१२ डिस्चार्ज भएका छन् । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.