कारोबारीसँग पैसा असुलेको आरोपमा २ प्रहरी पक्राउ

असार १०, काठमाडौं । महानगरीय अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको उजुरिमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गणमा कार्यरत सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको हो । महाशाखाको टोलीले बुधबार नियन्त्रणमा लिएको हो । ‘हामी अनुसन्धानकै क्रममा छौँ । हुण्डी कारोबारीसँग उनीहरूले आर्थिक लेनदेन गरेको भन्ने खबरका कारण पक्राउ गरिएको हो ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.