शक्ति गौचनद्वारा अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा

साउन २, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान बलर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अब उनले नेदरल्याण्डसँगको एकदिवसीय खेल मात्रै खेल्नेछन् ।

लर्डसमा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंला र नेदरल्याण्डस् विरुद्धको एकदिवसिय सिरीजका लागि आयोजना भएको विदाई कार्यक्रमबाट शक्तिले सन्यासको घोषणा गरेका हुन् । नेपालले साउन १३ मा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । लगतै साउन १६ र १८ मा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । शक्तिको यो नै नेपालको तर्फबाट अन्तिम औपचारिक खेल हुनेछ ।

सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा उदाएका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन् । विश्वकप छनोटमा इटली विरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.