असार ९, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
७६ जना डिस्चार्ज
यस्तै, थप ७६ जना निको भएर डिस्चार्ज भएका छन् । मङ्गलबार मात्रै आठ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ, जसमा १८९ महिला र २,०३५ पुरुष छन् ।
रेड जोन
रेड जोनमा काठमाडौँ र ललितपुरका एकरएक जना थपिएसँगै सङ्ख्या ५०८ पुगेको छ ।
थप एक मृत्यु
त्यस्तै दैलेखका ४५ वर्षका एक जना पुरूष कोरोनाका कारणले मृत्यु भएको बताउनुभयो । योसँगै मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
रसुवा जिल्लामात्रै सुरक्षित
नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरूको सङ्ख्या ७६ छ । देशभरका ७७ जिल्लामध्ये बाग्मती प्रदेशको रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।

