थप ४२१ सङ्क्रमित, कुल ९ हजार २६, थप एकको मृत्यु

असार ७, काठमाडौँ । नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नौ हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् ।

थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । योसँगै एक हजार ७७२ निको भएका छन् । जम्मा निको हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् । रेड जोनमा ५०५ जना पुगेको छ । आज दुई जना रेड जोनमा परेका छन् । पछिल्लो २४ घण्टामा छ हजार आठ जनाको नमूनाको पीसीआर टेस्टमा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ९८ हजार ९२८ पुगेको छ । आइसोलेसनमा रहेकाको सङ्ख्या सात हजार २३१ पुगेको छ । काठमाडौँ उपत्यकाको ललितपुरमा एक जना महिला सङ्क्रमित भएका छन् । गुल्मीका एक पुरूषको मृत्यु भएको छ । असार ५ गते घरमै मृत्यु भएको हो । उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै २३ जनाको मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.