असार ५, पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३४८ पुगेको छ ।
हालसम्म स्याङ्जामा ७५, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ९९, बागलुङमा ५६, पर्वतमा ३८, गोर्खामा ३६, तनहुँमा २६, कास्कीमा १३, म्याग्दीमा तीन तथा लमजुङ र मनाङमा एकरएक जना सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये २० जना महिला छन् । हालसम्म ३४ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।
प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन ९स्वाब० लिइएकामा छ हजार २९५ जनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशालामा अझै एक हजार ८२४ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । रासस

