अमेरिकामा जासुसीको आरोपमा रुसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन्।

उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भनिएको छानबिनसँग सम्बन्धित चाहिँ होइन। रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ।

एजेन्ट
बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभइ अन्तर्राष्ट्रिय मामिलाु की छात्रा भएको र व्यापारिक क्षेत्रमा काम गर्न मात्रै चाहेकोु सोमवार एउटा विज्ञप्तिमार्फत जनाएका छन्। उनले बुटिनामाथि लगाइएका आरोपहरू अति भएकोु र बुटिनाले अमेरिकाको कुनै नीति अथवा कानूनलाई प्रभावित पार्न चाहेको कुनै सङ्केत नदेखिएको बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.