साउन १, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार सक्षम रहेको दावी गरेका छन् ।
अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने योजना पनि अघि सारे ।
सरकारले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणा पनि उनले गरे । अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिना भित्र बैंकहरु स्थापना गरिसक्ने बताए । मंगलबार नबिल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले बैंकहरुलाई विद्युतीय प्रणालीबाट संचालन गर्न नविकरणीय उर्जाको प्रयोग गर्न सकिने स्मरण गराए ।
अर्थमन्त्री खतिवडाले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैंत्री बनाउँदै लैजाने नीति लिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुको अभिलेखलाई व्यवस्थित बनाउन पनि यसलाई प्रविधिमैत्री बनाउँदै लैजाने काममा ढिलाई नगर्ने धारणा राखे ।