थप ५८६ कोरोना संक्रमित पुष्टि, मुत्यु हुनेको संख्या २० पुग्यो

असार ३, काठमाडौँ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ सय ८६ पुगेको छ । नेपालमा एकैदिन कोरोना संक्रमण पुष्टि हुने अहिलेसम्मकै यो संख्या उच्च हो ।

योसँगै कुल संक्रमित संख्या ७ हजार एक सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्या बारे जानकारी दिएका हुन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले कोरोना जितेका छन्। अहिले क्वारेन्टाइनमा एक लाख २५ हजार ७ सय ९८ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो। बाँकेकी ४६ वर्षीया महिलाको मृत्युपछि भएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना परीक्षणमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीरगन्जमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा २६५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९, त्रीवी शिक्षण अस्पताल, महाराजगञ्जमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २०, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही ५९, भेरी अस्पताल प्रयोगशाला ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा ३३, प्रादेशिक अस्पताल, सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १४, सेती प्रादलेशीक अस्पतालमा ७ गरेर बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये ४० जना महिला छन् भने ५४६ जना पुरुष छन्। हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या २० जना पुगेको छ । कोरोना संक्रमण ७३ जिल्लामा फैलिसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.