उत्साह छैन
जोस जाँगर सेलाएर होला
आफ्नै हिसाब किताब
बिग्रिए पछि
आफैँसँग उदास छ मान्छे ।
सुरक्षित बस्नुहोस्
घरभित्रै बस्नुहोस्
यस्तै –यस्तै भन्नेहरू सबै
मलिनो अनुहार लगाएर
च्याउदैछन्
छितिज पारीको
उज्यालो ,
कहिले फर्किन्छ
आँगनमा भनेँर ।
सजाय भोग्दै गरेको
कैदी बन्धि जस्तो
नचाहँदा नचाहँदै
आफैँ थुनिएको छ
समयसँग मान्छे
बिकल्पहरू हराएका छन्
बिचारहरू शून्य छन्
भागबण्डा हुँनै छाडेकोछ
खुसी आज्कल
समय उल्टो चलेपछि ।।
(लेखकः सामाजिक अभियन्ता तथा अध्यापक )

