थाङपाल गाउँपालिकाले नमूना शैक्षिक केन्द्र बनाउदै

असार २, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले नमूना शैक्षिक केन्द्र बनाउने बहु उद्देश्य सहित हिजोबाट नयाँ अभियानको थालनी गरेको छ ।

वडा नम्बर ४ मा रहेको दुई वटा माध्यमिक विद्यालयहरु तथा दुईवटा आधारभूत बिद्यालय हरु एकै ठाउँमा एकीकृत गरी थाङ्पाल भ्याली नामको विद्यालय नामाकरण गरी एसियाली विकास बैंकको सहयोगमा आधुनिक सुविधासम्पन्न विद्यालय निर्माणका लागि गाउँपालिका अध्यक्ष टासी लामाले शिलान्यास गर्नुभएको छ ।

१८ महिनाभित्र सम्पन्न भइसक्ने उक्त विद्यालय भवन एशियाली विकास बैकको सबैभन्दा ठूलो लगानी भएको विद्यालय रहेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.