व्यक्तिको जग्गामाथी साहित्य समाजको रजाइँ

नगरपालिकाले ग¥यो सरकारी बजेट समेत दुरुपयोग

जेठ ३२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ र ६ सिमानामा पर्ने साबिकको जोरपाटी गाविस वडा नं. ३ मा रहेको व्यक्तिको जग्गामाथी अभिनव साहित्य समाजले रजाइँ गर्दै आएको खुलासा भएको छ ।

विगत ३० वर्ष अघिदेखी राज्यलाई राजस्व तिर्दै आएकी उक्त जग्गाधनी सावित्री दंगालले भने उपभोग गर्न पाएकी छैनन् । नगरपालिकाकै प्रत्यक्ष हस्तक्षेपमा अभिनव साहित्य समाजले उनको जग्गा गैरकानुनी रुपमा उपभोग गर्दै आईरहेको खुल्न आएको हो ।  आफ्नो जग्गामाथी थिचोमिचो भएको भन्दै मुद्दा मामिला समेत गर्दा अदालती फैसला आफ्नो पक्षमा आएपनी नगरपालिकाबाट भने कुनै सुनुवाइ नभएको जग्गा धनी सावित्री दङ्गालले बताईन् । पुर्जा समेत रहेको जग्गामा साहित्य समाजको नाममा मनपरि गर्दै सरकारी बजेट समेत दुरुपयोग गर्दै आईरहेको छ । साबित्री दंगालकी आमा पुतली सुवेदीको नाममा लालपूर्जा समेत रहेको १ रोपनी २ आना (१–२–०–०) जग्गामा मिति २०७६ जेठ ६ गते काठमाडौँ जिल्ला अदालतले मेलमिलापको फैसाला गरेको र नापी कार्यलय चाबहिलबाट विवरण उल्लेख गरी पठाएपनि नगरपालिकाबाट भने आफूहरुले न्याय नपाएको गुणासो गरेकी छिन् ।

काठमाडौँ जिल्ला अदालत बबरमहलबाट मालपोत कार्यालय चाबहिलका लागि मिति २०७६ जेठ २ गते रोक्का रहेको जग्गा फुकुवा गरी मिलापपत्र वमोजिम दा.खा. गरी दिने सम्बन्धमा ललितपुर जिल्ला अदालतको च. नं. १४० मिति २०५०÷०४÷२० को पत्रबाट रोक्का रहेको काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं. –३ ‘ख’ कि. नं. ७०१ को जग्गामा अन्य मुद्धा निकाय वा कारणबाट रोक्का राख्नु नपर्ने भए मुद्धको रोहबाट फुकुवा गरी मिलापत्र वमोजिम गराउन आदेश आए पनि नगरपालिकाले भने चासो नदिएको पीडितको आरोप छ ।

प्रतिवादी सावित्री दंगाल र वादी मनराम सुवेदीवीच भएको अंशचलन मुद्धामा समेत मिलापत्र भएपछि आफ्नो जग्गा उपभोग गर्न पाउनुपर्ने माग सहित गोकर्णेश्वर नगरपालिकामा निवेदन पेश गरेपनि आलटाल गरेको र उल्टै आफ्नो जग्गामा साहित्य समाज संस्थाको नाममा बजेट विनियोजीत गरी कब्जा गराउन उस्काएको उनको आरोप लगाईन् ।

न्यायको लागि नगरपालिका पुगेपनी नगर प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ती नेपालले कुनै चासो नदेखाई उल्टाई आफुहरुलाई दुःख दिदै आएको बताईन् । मुद्दा विचाराधीन तथा व्यक्तिको नाममा समेत रहेको त्यस जग्गामा साहित्य समाजको नाममा नगरबाट जीर्णोद्वर संरचना निर्माणका लागि आ.व. २०७६÷०७७ बाट रु. ५ लाख बजेट विनियोजित गरेको खुल्न आएको छ । कुनै पनि विवादमा परेको वा मुद्दा फैसला हुन बाकी रहेको स्थानमा नगर प्रमुख चालिसेले हचुवाको भरमा बजेट निकासा गरेको समेत त्रुटि भेटिएको छ ।

नापी कार्यालय चाबहिलबाट अमिनी आएर जग्गा नापजाँच गरी चिनो समेत लगाएर गए पनि त्यस जग्गामा भने अभिनव साहित्य समाजले ट्रस्ट बनाईहेको छ । सामाजिक चेतनाको विकुल फुक्ने र समाजलाई सहि मार्गनिर्देशन गर्नुपर्ने संस्थाले आफै व्यक्तिको जग्गा कब्जा गर्दै हलिमुहाली गर्न कतिको नैतिकता मिल्ला ? त्यस्तै स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आफ्नै टोलको समस्या समाधान गर्न नसक्नु कतिको लाचारपन हो ? तीनै प्रश्नले घेरिएको नगरपालिकाभित्र आफ्नो थुप्रै अनिमियतता बढ्दै गएको छ । विवादित रहेको बखत नगरपालिकाले त्यस क्षेत्रमा लगानी गर्नु पनि शंकस्पद रहेको बुझ्न आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.