असार ३१, काठमाडौं । विश्वकपको फाइनलमा पुगेको क्रोएसियालार्इ ४–२ गोलअन्तरले जीत पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बन्न सफल भएको छ । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि प्राप्त गरेको थियो।
फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो भने मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको फाइनलमा रुसलार्इ च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १–१ गोल गरे। क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले १–१ गोल फर्काएका थिए। पहिलो हाफमा क्रोएशियाले २–१ को अग्रता लिएको थियो । फ्रान्सका लागि एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत एक गोल गरेका हुन् । खेलको १८ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेपछि आत्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। जुन विश्वकप फाइनलको इतिहासमा भएको पहिलो आत्मघाती गोल समेत हो।
इभान पेरिसिकले २८ औँ मिनेटमा क्रोएशियाका लागि बराबरी गोल फर्काएका थिए। १६ यार्ड बाट उनले प्रहार गरेको सटले जाली चुमेको थियो। ३६ औँ मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलार्इ २–१ को अग्रता दिलाएका हुन्। इभान पेरिसिको हातमा बल लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो।