जेठ ३०, काठमाडौँ । समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले वर्ण व्यवस्थाका आधारमा समाज नचल्ने बताएका छन् । नेपालमा सदियौदेखि जातिय भेदभाव तथा छुवाछुतको घटना भईरहेको र २१ औ युगमा पनि विभेदको मानसिकता अन्त्य नभएको भन्दै राज्य व्यवस्था सञ्चालकहरुलाई चेतावानी दिएका छन् ।
रुकुम सोती घटनाको विरोध तथा पीडितको न्यायको लागि सरकारलाई निश्पक्ष छानविनका लागि गरिएको काठमाडौँको माईतीघर मण्डलामा दलित संयुक्त संघर्ष समितिले आयोजना कार्यक्रममा सम्बोधन गर्दै नेता महतोले देशमा अझै पनि मान्छे जातकै आधारमा मार्नु पर्ने अवस्था आएकोमा दुःख व्यक्त गरे । उनले घटनाका दोषीलाई हदैसम्मको कारवाही गरी जातीय विभेदबाट हुने अहिंसा रोक्नुपर्ने बताए ।
पटक– पटक जातकै आधारमा उत्पीडनमा पर्नु पर्ने, मान्छे मान्छे भएर बाँच्न नपाउने कस्तो शसान सत्ता हो उनले सरकारलाई प्रश्न गरे । मुलुकमा विभिन्न आन्दोलनमध्ये जातीय तथा वर्गीय संघर्ष भयो त्यसमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै दलित समुदायकै योगदानबाट ल्याएको संघीय व्यवस्थामा दलित नै हेपिनु पर्ने भन्दै आश्चर्य व्यक्त गरे । दलितको अधिकारका लागि दलित मात्रै होईन सबै समुदायले आवाज उठाउन आग्रह गरे ।

