दुर्घटना अपडेटः दुईको मृत्यु, नौ जना घाइतेको उद्धार

जेठ २८, काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु र नौ जना घाइते भएका छन् ।

मृतकमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो ।

टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको छ । टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको छ । टिपर पुरै डुबेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.