जेठ २८, काठमाडौं । ३ दर्जन बढी यात्रु बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।
दुर्घटनामा ३० जना भन्दा बढी बेपत्ता भएका छन् । केही घाइतेको उद्दार गरिएको र केही शवहरु स्थानियवासीले नदीबाट निकालेको बताइएको छ । प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

