जेठ २७, काठमाडौँ । काठमाडौँको जोरपाटी स्थित बाहुनधारामा एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
काभ्रे मण्डनदेउपुर स्थायी घर बाहुनधारामा डेरा गरी बस्दै आएका धर्म तामाङ नाम गरेका युवा आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । विहान छिमेकीहरुले झुण्डिएको अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेको बताएको छ । आन्दाजी २८÷२९ वर्षका तामाङ जस्ताको टहरमा डेरा गरी झाँक्री पेसा गर्दै आएको खुल्न आएको छ ।

सेतो खादाले घाँटीमा पासो लगाई झाँक्रीको मालासहित आफ्नै कोठामा झुण्डिएको अवस्थामा रहेको प्रहरीले बताएको छ । तर उनको आफान्त आएपछि मात्र थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

