मेषः दिन उत्तम छ । मानसम्मान तथा पुरस्कार पाइनेछ । मुख्य काम हात लाग्नेछ । मनमा सन्तोष मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।
वृषः दिन मध्यम छ । धार्मिक क्षेत्रमा रुचि कम हुनेछ । शरीर अस्वस्थ रहन सक्नेछ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ ।
मिथुनः दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता रहनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
कर्कटः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारिवारिक सुख पाइनेछ । रमाइलो वातावरण बन्नेछ ।
सिंहः दिन उत्तम छ । आँटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शारीरिक तन्दुरुस्ती बढ्नेछ । मावलीतिरबाट सहयोग प्राप्त हुनेछ ।
कन्याः दिन मध्यम छ । लेखन तथा प्रकाशन सम्बन्धी काममा व्यवधान आउन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।
तुलाः दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक झमेला आइलाग्नेछ ।
वृश्चिकः दिन मध्यम छ । आर्थिक र मौखिक पक्ष कमजोर रहन सक्नेछ । खानपानमा पनि विशेष ख्याल गर्नु पर्नेछ ।
धनुः दिन राम्रो छ । वाक्शक्ति बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विशेष परिकार मिल्नेछ । स्वास्थ्य ठिक रहनेछ ।
मकरः दिन भाग्यवर्धक छ । कामकाज बन्नेछ । बौद्धिक काम गरिनेछ । सहकार्यमा लाभ मिल्नेछ । उच्चस्तरीय कार्यव्रmम तर्जुमा हुनेछ ।
कुम्भः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।
मीनः दिन अनुकूल छ । महिलका तर्फबाट लाभ मिल्ने देखिन्छ । विद्यामा प्रगति हुने देखिन्छ । मन प्रसन्न हुनेछ ।

