रुकुम घटना छानबिन संसदीय विशेष समितिको संयोजक र सदस्य तोकिए

जेठ २६, काठमाडौँ । रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ । सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ ।

सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएको छ । विशेष समिति गठन हुने यसअघि नै तय भएको भए पनि सदस्यहरूको नाम तोकिएको थिएन । समिति नौ सदस्यीय रहेको छ । एक जोडीबीचको प्रेम सम्बन्धका विषयमा भएको विवादमा छ जनाका ज्यान गएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.