गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

जेठ २६, गलकोट। बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।

गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोटस्थित आरोग्य अस्पतालमा उपचार हुन सकेको थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.