‘जनप्रतिनिधीको अत्यावश्यक बाहेकका सुविधा घटाऔं’

काठमाडौं । संसदमा जनप्रतिनिधी तथा उच्च पदस्थहरुको सुविधा कटौतीको विषयले प्रवेश पाएको छ ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले जनप्रतिनिधीहरुको समेत सुविधा कटौती गरिनुपर्ने माग गरेकी हुन् । आइतबार संसदको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति खड्काले विषम परिस्थितिमा राष्ट सेवक कर्मचारीहरुको मात्रै सेवा सुबिधा कटौती गर्ने कुरा न्यायोचित नभएकाले जनप्रतिनिधी र उच्च पदस्थ पदाधिकारीहरुको पनि अत्यावश्यक बाहेकका सुविधा कटौती गर्न माग गरेकी हुन् ।

संसद बैठकमा सभापति खड्काले भनिन, यो विषम परिस्थितिमा राष्ट्र सेवक कर्मचारीको मात्र सेवा सुविधा काट्ने कुरा न्यायोचित हुन सक्दैन्, तसर्थ जनप्रतिनिधी, उच्च ओहदाका सम्पूर्ण निकायको अति आवश्यक बाहेकका खर्च कटौती गरि राष्ट्रलाई पर्ने आर्थिक भार घटाइयोस् । सरकारले बजेटमार्फत सरकारी कर्मचारीहरुको भत्तालगायतका सुविधा कटौती गरेको भए पनि सांसदसहितका उच्च पदस्थ पदाधिकारीहरुको सुबिधा भने यथावत नै राखेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.