‘हाइप्रोफाइल’ जुवाडेमाथि प्रहरी अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा

जेठ २२, काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे’माथिको अनुसन्धान सकिएको छ ।

यसअघि उनीहरूविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले २० गते ५ दिनको म्याद दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूविरुद्धको अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिएको बताए । उनका अनुसार सरकारी वकिलमार्फत फाइल जिल्ला प्रशासनमा पुगेपछि यसबारे टुङ्गो लाग्नेछ ।

जेठ १९ गते कमलादीबाट नौ जुवाडे पक्राउ परेका थिए । जसमा उच्च व्यापारिक घरानाका व्यक्तिसमेत छन् । दुई लाख ७७ हजार नगदसहित नन्दकिशोर शर्मा, अशोक अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अउजा, विमलकुमार खेतान र होटल सञ्चालक मिक्की जोगाई पक्राउ परेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.