जर्मन पेस्तोलसहित तीन जना पक्राउ

असार ३१, काठमाडौं । ललितपुरको नख्खीपोटबाट जर्मन पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका कृष्णबहादुर जोशी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरी रहेको परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए । उनीहरुलाई परिसर ललितपुर बुझाइएको डिएसपी थापाले बताए । उनीहरूको साथबाट २ वटा म्यागेजिन र पाँच थान गोली समेत बरामद भएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.