बले र सायसा ‘एक चिलिम’ फिचर्ड सार्वजनिक ( भिडियो सहित )

जेठ २१, काठमाडौँ । कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यमबाट मनोरंजन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् ।

विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश, हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्। गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ। उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन्। बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन्। डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन्। राम कुमार केसीले भिडियो छायांकन गरेका हुन्। गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशनमा तयार पारिएको हो।

खोटाङमा जन्मेर राजधानी काठमान्डौमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका ‘दुख्छ मुटु’ छाडेपनि यो हावा बहन ‘कस्को भरमा’ लगायतका दर्जन बढी म्युजिक भिडियो र सयौ गीतहरु सार्वजनिक भइसकेका छन।

टिएलन मिडियाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। छिट्टै ४÷५ वटा गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका गायक भाबुकले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.