विश्वभर अहिले कोरोना भाइरसका कारण चुनौती बढिरहेको छ । यसको नियन्त्रण र रोकथामका अनेक उपाय खोजिरहेका छन् । तर अझै पनि कोरोना रोगको उपचारमा सरल विधि पहिल्याउन सकिरहेको छैन् ।
त्यस्तै नेपालमा पनि गत दुई महिना अगाडीदेखि संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लकडाउनको घोषणा ग¥यो । त्यही अनुरुप नेपाली समाजमा थुप्रै चुनौती तथा समस्याहरु खडा भयो । ती नै चुनौती काठमाडौँ शहरलाई भने अवसरको रुपमा परिणत भयो ।
भीडभाड अनियन्त्रित सवारी जाम लगायत विभिन्न समस्याले झेलिएको काठमाडौँ शहर अहिले भने सुनसान अवस्था छ । त्यसमाथि हिउँदेयाममा धुलोधुवा र वर्षातमा हिलोमैलो हुने शहर अहिले सफा सुन्दर भएको देख्न सकिन्छ । लकडाउनको चुनौतीसंगै पाएको अवसरलाई सदुपयोग गर्दा शहरका विभिन्न खाल्डाहरु पुरिन पुगेको छ । त्यस्तै विद्युतीय तारहरु भूमिगत बनाउन सफल भएको छ र सडक व्यवस्थापनमा थप नयाँ अनुभुति प्राप्त गर्न सफल भएको छ ।लकडाउनकै मौकामा सडक विभागले पनि सबै सडकहरु वटरमार्क गरि ट्राफिक प्रहरी तथा सवारी चालकहरुलाई सहज बनाएको छ ।
कोरोना सिकाएको पाठलाई सम्पूर्ण मानव जगत र नेतृत्ववर्गले अवसरको रुपमा सदुपयोग गरी विकास निर्माण र समृद्ध राष्ट्र निर्माणमा जुटौँ । आम नागरिकलाई सहज वातावरणतर्फ फर्काउन वैज्ञानिक विधि अपनाए सबैको कल्याण हुनेछ ।

संविधान संसद भवन बानेश्वर, काठमाडौँ ।

शान्त वातावरणमा रमाएका पंक्षी काग

चीन सरकारको सहयोगमा बनेको आकाशे पुल तथा सडक ( कोटेश्वर)

चीन सरकारको सहयोगमा बनेको सडक ( कोटेश्वर)

कोटेश्वर चोक

नयाँ बानेश्वर र बबरमहल क्षेत्र नव निर्मित पुल

