एकैदिन २२६ जना नयाँ कोरोना संक्रमित भेटिए

कुल संक्रमितको संख्या १७९८ जना पुग्यो

जेठ १९, काठमाडौं । नेपालमा एकैदिन २२६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित २२६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा २ जना झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुष, पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पुर्व (कावासेती ) का २२ र ३६ वर्षका पुरुष, नवलपरासी पूर्व विनात्रिवेणीका १४ वर्षका बालकमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनाको कोरोना पोजेटिभ आएको छ । दैलेखको नारायण नगपालिकाका ९ जना १७ देखि ३५ वर्षका पुरुष, दैलेखकै सिमडाका २४ र २९ वर्षका पुरुष, देवकडाँका ३ जना १८ देखि ३८ वर्षका पुरुष, दैलेखकै सोतका १ जना र सादुका १ जना पुरुष रहेका छन् ।

त्यस्तै दैलेख जुकेपानीका १ जना ६० वर्षका पुरुष, दैलेख दुल्लुका ७ जना रहेका छन् । जसमा २३ र ३० वर्षीय महिला र २ वर्षका बालकदेखि ३९ वर्षका पुरुष रहेका छन् । जुम्ला हिमाका ८ जना २३ देखि ६३ वर्ष उमेरका पुरुष, जुम्लाकै सिन्जाका ९ जना १२ देखि ४५ वर्षका पुरुष,जुम्ला जिल्ला प्रहरीका कार्यलयमा कार्यरत २ जना २७ र ३४ वर्षका पुरुष रहेका छन् ।

प्रदेश अस्पताल सुर्खेत,पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा ३२ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमा दैलेख नारायण नगपालिकाका १६ जना १० देखि ३६ वर्षका पुरुष, दैलेख महाबु गाउँपालिका १ जना २५ वर्षका पुरुष रहेका छन् ।

सल्यानका बनगाड कुपिन्डे १० जना २० देखि ४० वर्षका पुरुष, सुर्खेतको बराह्रताल ५ जना २० देखि २६ वर्षका पुरुष रहेका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तु बालगंगाका २ जना ३१ र ३८ वर्षका महिला, रौतहट परौवाका १४ जना १९ देखि ४५ वर्षका पुरुष, रौतहटकै यमुनामाइ गाउँपालिका ४ जना एकजना २० वर्षीया महिला र २२ देखि ४५ वर्षका पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ देखिएको छ । उनीहरु बाँके डुरुवा १७ देखि ३५ वर्षका पुरुष रहेका छन् ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु दाङ तुलसीपुर उपमहानगरपालिकाा ५ जना १८ देखि ३२ वर्षका पुरुष, गरवा गाउँपालिकाका २ जना २४ र ३६ वर्षका पुरुष, लमहीका १ जना ४० वर्षका पुरुष र राप्ति नगपालिकाका १ जना ३६ वर्षका पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमा धनुषा धनुजीका ४ जना १८ देखि ४८ वर्षका पुरुष, धुनषाकै हंशपुरका २ जना १९, २० वर्षका पुरुष, धनुषाकै जनकपुर प्रादेशिक अस्पतालका एक जना २१ वर्षका पुरुष, कपिलवस्तु सिवराज क्वारेन्टाइनमा रहेका १२ जना १९ देखि ५५ वर्षका पुरुष, कपिलवस्तुकै हरिहरपुरका ८ जना १९ देखि ३८ वर्षका पुरुष , कपिलवस्तु महाराजगञ्‍जका २ जना ३० र ३३ वर्षका पुरुष, कपिलवस्तुकै रंगिलाल माबीको क्वारेन्टाइनका ११ जना १७ देखि ३५ वर्षका पुरुष, कपिलवस्तुकै चनरौडाको राष्ट्रिय माविको क्वारेन्टाइनमा ३ जना ४२ देखि ४८ वर्षका,कपिलवस्तुकै रघु सामुदायिक अस्पतालको क्वारेन्टाइनमा रहेका २ जना २७ र ४६ वर्षका पुरुष, महोत्तरी नगरपट्टीको क्वारेन्टाइनमा रहेका २ जना १८ वर्षीय पुरुष रहेका छन् ।

मकवानपुरका १ जना ६१ वर्षका पुरुष, सर्लाहीको जनता मावि क्वारेनटाइनमा रहेका ५ जना ९ वर्षीय बालिकादेखि २७ वर्षका महिला, सोही क्वारेन्टाइनमा रहेका ३३ जना ११ वर्षदेखि ७५ वर्षका पुरुष रहेका छन् ।

सिरहाका सुर्यनारायण र सत्यनाराण नरवैता क्वारेन्टाइनमा रहेका ५ जना १८ देखि ६० वर्षका पुरुष, उदपुरका ३१ वर्षका पुरुष रहेका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा अछामका १ वर्षीय बालक, कैलालीका १४ जना ३ जना महिला अन्य २ वर्षका बालकदेखि २८ वर्षका पुरुष रहेका छन् । बैत्तडीका १ जना ३४ वर्षका पुरुष डोटी १ जना २५ वर्षका पुरुष र कञ्चनपुरका ११ महिने शिशुलाई कोरोना संक्रमण देखिएको छ ।

यसरी कुल कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ जना पुगेका छन् । एक सय ३१ जना महिला र एक हजार ६ सय ६७ जना पुरुष रहेका मन्त्रालयले जनाएको छ । आज थप एक डोटी जिल्ला थपिएको छ । जसमा कुल कोरोना संक्रमण देखिने जिल्ला ५९ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.