गोकर्णेश्वर नगर स्वयंसेवकद्वारा मनपरी गरेको आरोप

ओई सालेलाई ठोक ! ठोक !! एक हुल युवाहरुको जमात देखिन्थ्यो । नजिकै साईकलमा फलफूल बेच्दै हिडिरहेको तराई मुलको एक युवा साईकल लिएर दौडिरहेको थियो । अगाडी रहेको मोडमा फलफूल सहितको साईकल अनियन्त्रित भएर लड्न पुग्यो र फलफूल भूईभरि पोखिए ।

२ महिना अगाडीदेखिको लकडाउनले गर्दा डेरामै बसेर खानुपर्दा सकिदै गएको रासन जोड्न ३ दिन अगाडीदेखि विहान ९ बजेसम्म साईकलमा फलफूल बेच्दै हिड्ने उनका लागि आजको दिन अनलक्की हुन पुगे । कमाउनु त कता हो कता उल्टै ऋण गरेर किनेको फलफूल समेत नष्ट हुन पुग्यो । 

 

‘अबदेखि यसरी व्यापार गर्दै हिड्यो भने राम्रो हुनेछैन ’ ती हुलमध्येको एक पहिलो वस्त्रधारी व्यक्तिले भन्दै गए । लगतै ती युवाहरु अगाडीतिरको पसलहरुलाई थुन्नु प¥यो भन्दै धम्कीको भाषा प्रयोग गरेर अगाडी बढ्न थाले ।  तीनीहरु न त प्रहरी थिए न त गुण्डा नै थिए । उनीहरु थिए त केवल गोकर्णेश्वर नगरपालिकाले परिचालन गरेको स्वयंसेवक ।

 

देश कोरोना संक्रमणको त्रास र जोखिमबाट बच्न सरकारले घोषणा गरेको लकडाउनलाई समेत प्रभावित पार्दै गोकर्णेश्वर नगरपालिकाले भने गलत तरिकाले स्वयंसेवक परिचालन गरि जनतालाई दुःख दिएको स्थानीयहरुको आरोप छ ।  नगरपालिकाद्वारा खटाएको स्वयंसेवकहरुले आफ्नो जिम्मेवारीको हद तोडेर गैर तरिकाले स्थानीयहरुलाई त्रास दिएको भन्दै स्थानीयहरु आक्रोशित छन । लकडाउनलाई प्रभावकारी बनाउने नाममा नगरपालिकाले स्वयंसेवक पोसाक समेत दिएर टोल टोलमा १०÷१५ जनाको समूह परिचालन गरी चर्को माईकिङ र पसल तथा होटलभित्र प्रवेश गरि तुच्छ शब्दमा बन्दको अह्वान गर्दै हिडेकोे वडा नंं ५ स्थित एक स्थानीयले बताए । 

 

स्वयंसेवकको पोसाकमा हुलका हुल मोटरसाइकलमा आएर टोललाई नै आतंकित बनाएको बन्दै बौद्ध प्रहरिमा समेत गुनासो पुगेको बताएको छ । त्यस्तै माकालबारी क्षेत्रमा पनि नगर स्वयंसेवकबाट सास्ती खेप्दै आएको ठेलामा तरकारी बेच्दै आएको एक व्यापारीको गुनासो छ । उनका अनुसार उनिहरु एक्कासि आएर कराउने र धम्की समेत दिएको बताए । बिहान ९ बजे तिरै समुह समूहमा  पसल होटलभित्र प्रवेश गरि दुःख दिईरहेको पीडितहरु सुनाउछन् । साना उमेरका केटाकेटीलाई स्वयंसेवक भन्दै नगरले यस्तो के गर्न खोजिएको हो ? यो एक किराना पसल सन्चालन गर्दै आएका व्यवसायीको प्रश्न हो । 

 

हामी  सचेत छौ तर नगरपालिकाले खटाएका स्वयंसेवकहरुमा त्यो लक्षण देखिएन, अपरिपक्व काम किन गरेको होला ? उनीहरु फेरि प्रश्न गर्छन् । यसै विषयमा नगर प्रमुख सन्तोष चालिसेसंग प्रारम्भ खबरका सम्वादाताले सम्पर्क गर्न खोज्दा फोन काटिएर सम्पर्कमा आउन चाहेनन् । नगरभित्रका गतिविधि बुझ्न तथा सहजीकरण गर्न नगरपालिकाबाट स्वंयसेवकको परिचालन गर्नु राम्रो मानिए पनि आवश्यक पूर्व तयारी र व्यवस्थापनको कमजोरीका कारण नगरप्रमुखको यो कदम चुक्न गएको छ । स्थानीय सरकारको अधिकार प्रयोगको नाममा संविधानकै दज्जी उडाएर जनता त्रासमा राख्नु अनुचित भएको सरोकारवालाहरुले बताए  । 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.