बिहानै मानिसको चहलपहलसँगै उठ्ने बादर, मृगा, चराचुरुङ्गी निस्फिक्री सुतिरहन्छन् । मानिसको भिडभाड र आवाजसँगै मानिसले दिने खान खाने लोभमा बिहानै मानिसको वरिपरि आउथे ती जीव जनवारहरु ।
अहिले लकडाउनका कारण न त मानिसको भिड देख्न पाएको छ न त २ महिना देखि मानिसहरूले दिएको खाना नै खाना पाएको छ । जंगल र प्रकृतिसँगै रमाउने ती जीव जनवारहरु पनि आधुनिकता सँगसँगै मानव वरिपरि रमाउन थाले । अहिले यिनिहरुलाई देख्दा लाग्छ मानिसको पर्खाइमा बसिरहेको छन, उनिहरुले ख्वाउने खानाको पर्खाईमा छन अनि हिन्दु धर्मवलम्बि तथा विश्व भरिएको पर्यटकको पर्खाईमा छन पशुपतिनाथ पनि ।








