मायालुलाई समर्पण गर्दै केदार ल्याए ‘एक तर्फी’ ( भिडियो सहित )

जेठ १४, काठमाडौँ । लामो समय देखि अस्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक तर्फी’ सार्वजनिक गरेका छन्।

सफ्ट सेण्टिमेण्टल भर्शनको यस गीतमा गायक बरुवालले माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन्। मायालुको सम्झनामा गाइएको मनछुने गीतमा स्वर, शब्द , संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको रहेको छ। गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन्।

म्युजिक भिडियोमा समेत स्वयम् गायक क्षेत्री फिचर्ड छन्। सन्तोष गुरुङको छायांकन, सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो। रियालीटी सो ‘चितवन आइडल २०७०’ को उपाधि बिजेता क्षेत्रीले ‘जब तिमी’ बोलको गीत मार्फत नेपाली सांगेतिक क्षेत्रमा पाइला राखेका हुन् । हालसम्म उनका ‘एक पल’ , ‘मन छोडी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

स्वयम् गायक क्षेत्रीको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक क्षेत्रीले आग्रह समेत गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.