कोरोना संक्रमितको संख्या विश्वमा ५५ लाख ८२ हजार

जेठ १३, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८२ हजार ३७० मा देखिसकेको छ । कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ ।

संक्रमित मध्ये २३ लाख ६१ हजार ४३ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

यसमध्ये ५३ हजार १६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २१५ देशमा पुगिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.