विहानीको काठमाडौँ शहर ! हेर्नुस् ५ तस्बीरमा

जेठ १०, काठमाडौँ । लकडाउनको प्रभावसंगै सुनासान रहेको काठमाडौँको शहरमा दैनिकी कष्टकार बन्दै गएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरि कायम राख्न सरकारले घोषणा गरेको लकडाउनले कोही कसै घरबाहिर निस्किन पाएका छैनन् । आफु घरमै बसेर सुरक्षाको अनुभुती गरी सिंगो समाजलाई सुरक्षित बनाउन सरकारद्वारा निर्देशित घोषणालाई सफल पार्न आफ्नो कर्तव्य पालना गरिरहेका नागरिक पछिल्लो समयमा मारमा परेका छन् ।

आर्थिक कारोबार तथा व्यापार व्यवसायी गर्न नपाउँदा निकै मारमा परेका व्यवसायीहरु विहानीको समयमा तरकारी तथा अन्य खाद्यन्न विक्री वितरण गरिरहेका छन् ।

प्लास्टिकमा पोको पार्दै च्याऊ बेचिरहेकी एक महिला ( असन चोक, तस्बीर किशोर डंगोल)

असन चोकमा राखिएको पानी ट्यांकीमा साबुन पानीले हात धुदै एक युवा

क्रेडमा तरकारीको मुठा बेच्दै एक महिला (पुतली सडक)

नरदेवीमा रहेको एक किराना पसमा ग्राहकहरु

लकडाउनको समयमा सडक मर्मत कार्य भईरहेको तस्बीर पुतली सडक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.