भाडावालालाई जनप्रतिनिधिबाट अमानवीय व्यवहार गरे कारबाही गरिने

जेठ १०, काठमाडौँ । लकडाउनको समयमा आम नागरिकलाई थप समस्यमा पार्न नहुने भन्दै गोकरणेश्वर नगरपालिकाभित्र रहेका जनप्रतिनिधिले आफ्नो घरमा भाडामा बस्नेहरुलाई अनावश्यक दुःख नदिन आग्रह गरेको छ ।

केही समय अगाडि सोही नगरपालिका वडा– ५ का निर्वाचित एक सदस्यले आफ्नो घरमा बस्नेहरुलाई भाडा मागी कोठा छाड्न दबाब दिएको गुणासोपछि वडा अध्यक्ष नारायण सुवेदीले कारवाही स्वारुप लकडाउन अवधिभरी भाडा नलिन आग्रह गरेका छन् । जोकोहीले भाडाकै कारण घर छाड्न दबाब तथा दुःख दिने जस्ता अमानवीय कार्य गरेको उजुरी परेमा आवश्यक कारवाही गरिने वडा अध्यक्ष सुवेदीले बताए । त्यस्तै नेकपा गोकर्णेश्वर नगर कमिटीले पनि नगरभित्र भाडामा बस्नेलाई दुःख नदिन नेकपा सदस्य तथा जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

कहिँकतैबाट गुनासो वा उजुरी आएमा नगर कमिटीले आवश्यक कारबाही गर्ने कमिटिका अध्यक्ष उद्वव विष्टले बताए । नेकपाबाटै निर्वाचित वडा– ५ का सदस्य मुकुन्द फुयाल आफ्नै पार्टीको जनप्रतिनिधि भएर पनि पार्टीको नीतिविपरित र राष्ट्र संकटको बेला भाडामा बस्नेलाई दुर्व्यहार गरेको गुनासो आएको भन्दै उनलाई पार्टिले सोधबुझ गरि कारबाही गरिने बताए । नगरपालिकाले राहत वितरणमा मनपरि गरेको विष्टको आरोप छ । आवश्यक व्यक्तिभन्दा अनावश्यकलाई राहत बाडेको उनको आरोप छ । नगरपालिका वडा –३ मै विपन्नभन्दा सम्पन्न घरपरिवारलाई राहत वितरण गरेर नगरपालिका मेयर सन्तोष चालिसेले पदको दुरुपयोग गरेको बताए ।

सामाजिक संघसस्थाले खुवाएको खाना अभियान र राहत वितरणमा समेत आफू गएर फोटो खिच्ने काम गरेको र पहिलो चरणको राहत वितरणमा व्यापाक अनिमियतता गरेको प्रारम्भ खबरको कुराकानीमा उनले त्यस्तो आरोप लगाए । केन्द्रीय सरकारले जारी गरेको नीति निर्देशनलाई समेत वेवास्ता गर्दै राहत वितरण गरेकाले त्यसको हिसाबकिताब लकडाउनपछी हुने अध्यक्ष विष्टले बताए ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा – ६ मा पनि राहत वितरणमा व्यापाक अनिमियतता भएको खुल्न आएको छ । राहत वितरण कार्यमा कुपनकै दुरुपयोग गरी जनप्रतिनिधिले राजनीतिकरण गरेको गुणासो आएको छ । विपन्न वर्ग, अपाङ्गा तथा मजदुरका नाममा आएको राहतमा मनपरि गरेपछि वास्तविक पीडित मारमा परेका छन् । विभिन्न सामाजिक संघसंस्थाले खुवाएको खानामा समेत जनप्रतिनिधिहरु वडाले खुवाएको भन्दै प्रचारबाजी गर्दै आएको एक स्थानीयवासीले बताए ।  राहत लिन गएका २२ जना अपाङगता भएका व्यक्तिहरुलाई वडा परिसरमा दूरव्यहार गरि फकाएको उनीहरुले बताए । तर मेयर चालिसेले भने राहत उपलब्ध गराएकोमा खुसी व्यक्त गरे ।

सरकारको केन्द्रिय निर्देशन अनुसार राहत वितरणमा पारदर्शी बनाउन सबै स्थानीय तहमा कुपन प्रणाली तथा राहत वितरणको अभिलेख नगरपालिकाको आधिकारिक वेबसाईटमा राख्नुपर्ने भनिए पनि गोकर्णेश्वरमा भने त्यस्तो पाएको छैन् । हामीसंग कुरा गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले हालसम्म नगरभरिमा १३ हजार जनालाई राहत वितरण गरिसकेको बताएका छन् । तर वडागत विवरण भने केही वडाहरुले मात्र पठाएको उनले बताए । वडा ६ र ८ को विवरण आउनै बाँकी रहेको उल्लेख गर्दै अबको केही दिनभित्रै नगरपालिकाको वेबसाईटमा सबै विवरण राखिने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.