‘उपत्यकामा विद्युतका तार भूमिगत गर्ने कार्य जारी’ : घिसिङ

जेठ १०, काठमाडौं ।काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीति अन्तर्गत काठमाडौँ उपत्यकामा विद्युतका तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा विद्युतका तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते काठमाडौँमा विद्युतका तारलाई भूमिगत गर्ने कार्यको उद्घाटन गरेका थिए ।

उनले भने, ‘‘महाराजगञ्जमा कामलाई निरन्तरता दिन नसकिए पनि चाबहिल–चुच्चेपाटी क्षेत्रमा तारलाई भूमिगत गर्ने कार्यलाई सम्पन्न गरिने छ, यस क्षेत्रमा काम गर्नका लागि काठमाडौँ जिल्ला प्रशासनबाट अनुमति प्राप्त भइसकेको छ, मङ्गलबारबाट काम सुरु हुनेछ ।’’

सडक खन्नु पर्दैन
तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्नु पर्दैन ।प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ ठाउँमा निश्चित दूूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ । त्यसबाट दुईवटा पाइप छिराएर तार राख्ने काम सम्पन्न गरिन्छ ।

यो योजना अन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिँदैछ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबर समेत बिछ्याइएको छ । अप्टिकल फाइबर बिछ्याइ सकेपछि तार सम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ ।

जीपीएस जडान
प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिनेछ । यो प्रविधि जडान गरेपछि नियन्त्रण कक्षमै बसेर कर्मचारीले कहाँ आगलागी भएको छ रु कहाँ विद्युत् सर्ट भएको छ रु भन्ने जस्ता सूचना प्राप्त गर्न सक्छन् । यसबाट प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए नभएको सूचनासमेत सङ्कलन गर्नेछ ।

विद्युत् प्रसारणको भूमिगत प्रणाली सुरु भए पनि एक वर्षसम्ममा अहिले सञ्चालनमा रहेको प्रणाली (ओभरहेड) कायम हुनेछ । उनले एक वर्ष परीक्षण गरेपछि मात्र ‘ओभरहेड’ प्रणालीलाई पूर्णरूपमा विस्थापित गरिने जानकारी समेत दिए ।गोरखापत्रबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.