असार ३०, काठमाडौं । स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी ९एनएबी० का अधिकारीहरूले हिरासतमा लिएका हुन्।
बीबीसी संवाददाता ताहिर इमरानका अनुसार शरिफले कार चढेर जान अस्वीकार गरेका थिए। त्यसपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल पुर्याइएको थियो।