काभ्रेको भुम्लुमा बोलेरो जीप दुर्घटना

बोलेरो जीप सुनकोशीमा खस्दा दुई जना बेपत्ता भएका छन् । काभ्रेको भुम्लु गाउँपालिकास्थित ८ नम्बर वडाअन्तर्गत पर्ने सिलामे भिरबाट माथि भुम्लुको १ नम्बर वडा सापिङ का लागि केही खाद्यान्न र काठका प्लाई बोकेको डिआई (बोलेरो) गाडी उकालोमा ब्याक आएर जाने क्रममा दुर्घटना भएको हो ।

सो डिआईमा सवार २ जना बेपत्ता भएको स्थानिय यूवा समाजसेवी होमराज माझीले जानकारी दिए । उनका अनुसार बा १६ च ८८३८ नम्बरको बोलेरोमा चालकसहित केही स्थानिय यात्रुहरु थिए ।

जसमा एक जना घाइते भएकी महिला बिजुला गिरीलाई धुलिखेल अस्पताल लगिँदै गरेको बताइएको छ भने त्यसमा सवार भएर सुनकोशीमा खस्न पुगि बेपत्ता हुनेमा भुम्लु १ घर भएका अशोक गिरी र भुम्लु ४ घर भएका भोला महत रहेको उनले बताए । उनले दुर्घटनालगत्तै उनीहरुको प्रहरी र स्थानियहरुको सहयोगमा खोजी जारी रहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.