टेकु अस्पतालबाट ४ संक्रमित डिस्चार्ज

जेठ ८, काठमाडौं । टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र दुई महिला छन्,” उनले भने, “उनीहरु चारैजना कोरोना संक्रमण देखिएको नौँ दिनमा कोरोना जितेका हुन् ।”

अस्पतालका अनुसार पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा दुईजना भक्तपुरका र दुईजना काठमाडौंका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.