कोरोना परीक्षण शुल्क निधार्रण भएको छैन : मन्त्रालय

जेठ ७, काठमाडौं । कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हालसम्म कोरोनाको पीसीआर परीक्षणका लागि शुल्क निर्धारण नभएको जानकारी दिए । उनले भने, “नीतिगत निर्णय मात्र भएको हो तर हालसम्म शुल्क निर्धारण भएको छैन ।” मंगलबार (हिजो) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेका मापदण्ड पूरा गरेका सार्वजनिक (अस्पताल) स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्दा सशुल्क लिन पाउने नीतिगत निर्णय भएको बताएका थिए ।

सरकारले हाल ट्राभल हिस्ट्री भएका, संक्रमितको सम्पर्क आएका र लक्षण देखिएकाहरूको कोरोना परीक्षण निःशुल्क गर्दै आएको उनले जानकारी दिए । उनले भने, “लक्षणविनाका र ट्राभल हिस्ट्री नभएका स्वदेशी र विदेशी नागरिकले स्वेच्छा शुल्क तिरेर कोरोना परीक्षण गर्न सक्नेछन् ।” यसअघि निजी अस्पताललाई आरडीटी विधिबाट कोरोना परीक्षण गर्न दिने कार्यविधि मन्त्रालयले सार्वजनिक गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.