सरकारले जारी ग¥यो लिम्पियाधुरासहितको नयाँ नक्सा

जेठ ५, काठमाडौँ । सरकारले नयाँ राजनैतिक नक्सा जारी गरेको छ।

सरकारले लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो।

सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट आउने काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ। नेपालले पहिलो पटक आफैंले लिम्पियाधुरासहितको नक्सा बनाएको हो ।

गत मंसिरमा भारतले नेपालको लिम्पियाधुरासमेत समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो। त्यसको नेपालले विरोध गरेपनि भारतले उल्टै लिपुलेक हुँदै मानसरोवर जाने बाटो संचालनमा ल्याएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.