जेठ ४, काठमाडौँ । पछिल्लो समयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले समचार सम्प्रेसनमा आफ्नो दायित्व भुलेर विभिन्न तथ्यहिन विषयवस्तु र तस्बीरहरु प्रकाशन÷प्रशरण गरेको भन्दै प्रेस काउनिसल नेपालले गम्भरि ध्यानाकर्षण गरेको छ ।
कोरोनाको कहरबीच मिडियाकर्मीहरुलाई अधिकभन्दा अधिक सहुलियत दिने प्रयास गरिरहेको भन्दै पत्रकार आचारसंहितालाई अक्षरशाः पालना गर्नुपर्ने बताएका छन् । ध्यानाकर्षणसंगसंगै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा नपु¥याइनहुने अवस्थामा सरोकारवाला सबै निकायहरूसँग छलफल भईरहेको पत्रमा उल्लेख छ ।
पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैह्रपेशागत र गैह्रकानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने ब्यहोरा दुःखका साथ अवगत गराउन बाध्य छौं । सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिन समेत बिनम्र आग्रह गरेको छ ।


