१३ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ

जेठ ३, लमजुङ । मध्‍यनेपाल भोर्लेटारकी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मध्यनेपाल नगरपालिका वाड नम्बर ६ भोर्लेटारका २५ वर्षीय सोनम धिङ्गाल बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले दमौलीबाट पक्राउ गरी लमजुङ जिल्ला प्रहरीलाई बुझाएको छ ।

प्रहरी निरीक्षक ‌ओमप्रकाश पुनले मध्यनेपाल–६ की १३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका सोनामलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताएका छन् । धिङ्गालले राति साढे नौ बजेतिर घर नजिकै एकान्तमा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पिसाब फेर्न निस्किएको बालिकालाई मुख थुनी अन्यत्रै लगी बलात्कार गरिएको उजुरीमा उल्लेख छ । बालिकाले राति रुँदै आमालाई ढोका खोल्न अनुरोध गरेपछि घटना सार्वजनिक भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.