अनुदान सहितको ८ अर्व बजेट रोकिँदा गुम्बा–विहार पुर्ननिर्माण कार्य अन्यौल

असार २९, काठमाडौं । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि नेपालका कयौं संरचनाहरुको पुनःनिर्माण कार्य सुरु हुन सकिरहेको छैन् । २०७२ साल बैशाख १२ र २९ गते गएको भूकम्प र पटक–पटकको कम्पनले झण्डै ८ लाख संरचनाहरु ध्वस्त भएका थिए भने करिव ८ हजार मानिसको ज्यान समेत गुमाएका थिए ।

 

दुई वर्षभित्र सम्पन्न गरिने भनिएको निजि आवास, सांस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा ३ वर्ष वितिसक्दा पनि नेपालको राजनीतिक अस्थिरताका र सरकार परिवर्तनका कारण पुर्ननिर्माण कार्य कागजी प्रकृयामै सिमित छन् ।  त्यस्तै भूकम्पबाट प्रभावित १४ वटा जिल्लाका गुम्बा विहार पुर्ननिर्माणका लागि एन.आर.एनले पठाएको अनुदान समेत सरकारले रोकेर राख्दा निर्माण कार्य अन्यौलमा छन् । नेपाल सरकार संघिय मामिला एवम् स्थानिय विकास मन्त्रालय अन्र्तगत बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाई र राष्ट्रिय पुननिर्माण प्राधिकरण तथा एन.आर.एनले आर्थिक वर्ष २०७३÷०७४ को लागि पुर्ननिर्माणको बजेट व्यवस्था गरी निर्माण अगाडी बढाउन २५ जिल्लामा ९९३ वटा गुम्बा बिहार पुर्ननिर्माण गर्ने गरि पत्रसमेत दिए पनि उक्त कार्य अगाडी बढ्न नसकेको नेपाल गुम्बा विहार महासंघका प्रतिनिधिहरु बताउँछन् ।

आज राजधानीमा आयोजित एक कार्यशाला गोष्ठिमा बोल्दै नेकपाका नेता तथा प्रतिनिधसभाका सांसद अग्नी सापकोटाले प्राविधिक त्रुटिका कारण पुर्ननिर्माण कार्य ढिलाई भएको जिकिर गरेका छन् । उनले भने प्राधिकरणबाट खटाएको कर्मचारीका कारण नै पीडितले समयमा निर्माण कार्य गर्न नसकेको बताए । गलत तथ्यांक प्रधानमन्त्री कार्यालयमा प्राधिकरणले बुझाएका कारण गुम्बा बिहारका नाममा आएको बजेट रोकिएको आशाय सांसद सापकोटाको छ । भूकम्पबाट क्षति पुगेका गुम्बा बिहारको नाममा विनियोजित र अनुदान आएका बजेट चाँडो भन्दा चाँडो सम्बन्धित क्षेत्रमा परिचालन गरि पुर्ननिर्माण कार्यलाई अगाडी बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै सांसद हितबहादुर तामाङ र हरिराज अधिकारीले पनि पुर्ननिर्माणको कार्यलाई दलीय स्वार्थले रोक्न नहुने भन्दै तत्काल सुचारु गर्न आफुहरुले सरकारलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । ३ वर्ष वितिसक्दा भूकम्पबाट पीडितहरुले सहयोग पाउन नसक्नु सरकारको नेतृत्वकर्ताकै कमजोरी रहेको जिकिर गर्दै वर्तमान सरकारले यसबारे महत्वपूर्ण रुपमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल गुम्बा विहार महासंघका अध्यक्ष सोम्बले तामाङले कार्यपत्र प्रस्तुत गरेको कार्यपत्रमा  भूकम्प प्रभावित जिल्लाहरुका ९९३ वटा गुम्बा विहारले नक्सांकन बापत ८ अर्व ९३ करोडको १ प्रतिशत रकमको दरले ८ करोड ९३ लाख उपभोक्त समितिबाट उठाएर राज्यले ठक्ने काम गरेको आरोप छ । पटक–पटक ज्ञापनपत्र तथा मागपत्र दाखिला गर्दा समेत सुनुवाई नभएपछि संघर्ष समिति निर्माण गरि विरोधसभा, ¥याली तथा खबरदारी गर्दै आएको उनको कार्यपत्रमा उल्लेखित छ ।

अध्यक्ष तामाङले कार्यविधि र संघर्षसमितिसंग भएको सम्झौताको मर्म र भावना विपरित सरकारका राष्ट्रिय पुननिर्माण प्राधिकरण गएको भन्दै खबरदारीसंगै पुर्ननिर्माण कार्य अविलम्ब सुरु गराउन कार्यक्रममा अतिथि समेत रहेका सांसदहरुसंग माग गरेका छन् । विभिन्न बाहना गर्दै बौद्ध धर्मलम्बी तथा नेपालकै सांस्कृतिक धरोहरका रुपमा रहेका गुम्बा विहारको पुननिर्माण कार्य अगाडी बढाउन सांसदहरुले महत्वपूर्ण भूमिका निभाउन आग्रह गरे ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.